Monday, February 1, 2010

फेरी पनि अाउनु नपरोस, त्यो नियति नदोहोरियोस


धेरै दिन भन्दा पनि महिनैा नै भएछ व्लग अपडेट नगर्या पनि खै किन किन मन त्यसै उदासी भएकोछ पहिले जस्तो नेट चलाएर बसे पनि लेखि रहन मन लाग्दैन पहिले भन्दा पनि बढी पो अाफ्नो ठाँउको याद अाउन थालेको अनि झन कहिले अाफ्नो छुट्टीको दिन अाउला भन्दै पर्खदै ठीक्क तर यस्तरी पर्खदैमा दिन समय उस्तै नै चलिरहन्छ थाहा भएपनि केहि नगरी अाज सुतेर भोलि नै जाने दिन भइदिए हुन्थो झै मनमा तरङ्ग चलिरहन्छ

तर हरेक दिनको "तीन" कुराको समाचार पढ्दा भने मन सधै नै कुडिन्छ अनि फेरी त्यस्तो परिवेसमा कसरी काम गर्ने, के काम गर्ने, कसरी अाफ्नो जीवन स्तरलार्इ उकास्ने ? यी प्रश्नले पिरोली रहन्छ ती तीन कुरामा पहिलो मलार्इ व्यक्तिगत रूपमा सबै भन्दा बढी असर पार्ने "लोडसेडिङ" हरेक दिन समाचार पढ्छु एउटा एउटा समाचार त्यस बारे हुन्छ नै कम्युटरको बारे थोर बहुत सी हासील गरेर केही गर्न सकिएला सोचेर त्यस सम्बन्धी पेशा गर्ने सोच बनाए पनि त्यही "लोडसेडिङ"ले काममा बाधा गर्यो बत्ती बले पनि कहाँ बल्दैछ मोम् बत्ती बालेर खोज्नु पर्छ अाफुले लगानी गरेको पनि नउठ्ला भनेर विदेश अाइयो फेरी गएर पनि त्यही हाल कायम रहे के गर्ने हो ? यस्ता दोधारे सोच बनाएर यता उता भएका धेरै नेपालीहरू कहिले त्यो समस्या हट्छ गइहालैा भनेर दाउ हेरेर बसि रहेका पनि छन् उदाहरण खोज्न पर जानै परेन स्वयम् नै पनि ज्वलन्त छु तर यहि बसी रहेर पनि यो समस्या समाधान हुने कुरामा भने अाशावादी अब छैन त्यसैले पनि यहाँ बसेर अाफ्नो अझ बढी समय बर्बादी गर्न चाहान्न

अर्को दोस्रो कुरा भनेको "बन्द - हडताल" यहाँबाट कति साथीहरू छुट्टी विताउन गएको छोटो समय पनि अाधा भन्दा बढी "बन्द - हडताल" को बाधाले काम अलपत्रै छोडेर जागिर बचाउन फर्कने गरेकाछन् भने कतिपय बन्दकै कारण व्यापार,व्यवसाय गर्छु नेपाल मा नै भेटैाला भनि गएकाहरू पनि पुनः परिवार छोराछारीको भविष्य बनाउनकै लागी पुन यहि नरकमा होमीएका छन् बन्दको बारे मेरो अाफ्नै काहानी काठमाडैां अाइ पुगेकै दि को हो। बिरामी अवस्थामा, खल्तिमा पैसा हुदा पनि अाधादिन घाम मा हिडेको ३० किलो भारि बोकेर अझै याद अाउछ उप राष्ट्रपतिको हिन्दीमा सफत खाएको बिरूद्धको त्यो न्द अाज सम्झदा बेकामेहरूको खेल झै लाग्छ विरेन्द्र अन्तराष्ट्रिय सम्मेलनकेन्द्रको गेट अघि विश्राम गरेर त्यो बन्दको अवलोकन मैले पनि राम्रै गरेको थिएँ हातमा क्यामेरा हुदा अबलोकन गर्न पनि मजै भएको थियो बन्दकर्ताहरू एउटा मोटरबाइकको अावाज सुन्दा पनि चिलले भड्काएको खागोको अाक्रमण भन्दा खरो उत्रन्थे त्यहँा वन्दका समर्थक भन्दा पनि रमाइलो गर्ने भीडमा उकास्ने बढी देखिन्थे तर पनि एउटा पसलको अगाडी घाम छलेर बस्न पाउदा नै मैले अाफ्नो १०० डिग्रीको ज्वरो कम भएको महसुस गरेको थिए त्यति कारणले दिन सम्म शान्तिनगरमा मामाको छोराको डेरामा सुतेको थिएँ त्यसो हेटैाडा देखि लाहान हिडेर अाउने को अवस्था के भा होला सजिलै अनुमान लगाउन सकिन्छ यस्ता काहानी प्रत्येक नेपालीका कम्तीमा / वटा पक्कै होलान अनि सम्झियो की मन कुडिन्छ यस्तो अवस्थामा नेपाल गएर के गर्ने ?

अर्को नेपालको संगठन कम व्यक्ति बढी भएका, विचार कम अोकल्ने त्यसमा जे पायो त्यही घिच्ने मुख भएका नेता भन्दा फरक नपर्ने, राम्रो भन्दापनि फोहोरी राजनीति गर्ने खेलाडी नेता बढी भएका नेपालको "राजनीति" अनि नेपाल गएर अाफुलार्इ एउटा साधारण काम गरेर खाने श्रमजीवी जनता भने पनि त्यसले हिड्ने यातायात,विजुली,खानेपानी,अस्पताल जस्ता अाधारभुत अावस्यकताहरूमा राजनीतिले चुसेर अाखाँमा छारो हालेको कसरी सहेर बस्नु गाउँ छिमेकका साथीले खबर ल्याएको सुनेको घर अगाडी सम्म पिच सडक पुग्यो रे तर अलकत्रा उप्केर चिल्लो ग्राभल भा नि खाल्डा खुल्डी भएर साझ पर्दै देखि हिड्न नसकिने भएकाछन् रे सडक क्लिनिक नर्सिङ होम बाहेक अस्पताल कहँा दिउसै बत्ती बालेर खोज्नु पर्छ विध्युत कुरै नगरैा कुरा गर्दा भाग्छ नेपाल गएर के गर्ने फेरी पनि प्रश्न चाडै यो समस्या सामाधान होस् सबैलाइ सत्बुद्धि देउ भगवान यो कामना बाहेक अहिलेको अवस्थामा केही गर्न सक्दिन

1 comment:

  1. sir mailai tapaiko lekha atinai man paryo bastawama harek nepali janataharu le yestai pida bhognu pareeraheko 6a karan huna tinai tapile bhannu bhayeka 3 badhak tatwa haru yi tin tatwaharule tapai hami sabailai tetikai pravaw bareko 6a sayed aaja nepal ma kunai badhak nabhaideyeko bhaye wa sabai subedha su-sampanna bhaideyeko bhaye aaja hami nepali harule bideshma aayera tiniharuko gulami garnu pardaina thiyo hola. jaha samma malai lag6a tapaiko yo lekhle nepali yuwako awasya pani man jeetna safal hun6a bhanera kina ki tapaiko yo samasya hajarau nepali yuwaako samsya sanga melkhana jane bhayekole yek na yek dina tapaile awasya pani tiniharuko sath paunuhune6. sathai tapaiko sabai manokanchha haru chadai nai pura hos yehinai 6amero hardik mangalmaya shubha kamana... All the best .........from yubaraj shrestha hal doha, qatar.

    ReplyDelete