Tuesday, July 21, 2009

जन्म भूमिको वियोग अनि हर पलको याद




हुनत धेरै भएको छैन एकै वर्षत भो विदेश वस्या तर नि यस्तो लागिरहेछ की घरको परिवार, साथीभार्इ, सहकर्मी, सबैको अनि मातृभूमिको यादले हरेक दिन भित्ते पात्रोको दिन दिन चिन्ह लगाउदै समयको बहाव संगै वग्दा भने २\४ जुनिनै काट्नु परे जस्तो आभास भइरहेछ । काममा व्यस्त भए पनि हरेक कामका अवरोध अनि अफ्ट्याराहरूले पनि नेपालकै याद दिलाउछन् । सानै देखि सिकेका सबै कुरा एक्कै पटकमा विर्सनु परेकोछ । अनि पुरै नया जीवन सुरू गर्नु परेको छ । हावापानी त सामान्य कुरा हो । आफ्नो देशका सबै कुरा सम्झदा यहाँ सबै उल्टा लाग्छन् । अहिलेत धेरै कुरा सामान्य नै लाग्न थालेको छ । तर जब १\२ दिन त हिडाइ नै असामान्य थियो । नेपालमा परि परिका पहिरन पहिरने मानिस देख्या यहाँत एकै प्रकारका छोरा मान्छे को सबैको बा आमा खसे जस्तो सेतो पहिरन शिर देखि पाउ नै सम्म । अनि छोरी मान्छेको पुरै कालो पहिरन अनुहार नि ढाकेको आँखा मात्र देखिने । अनि बोलाइ आोहो कति चर्को सामान्य कुरा गर्या पनि नेपालमा त झगडा नै परेजस्तो । सुरू सुरूका दिनहरूमा त ग्राहाक संग बोल्न नि डर लाग्ने सोध्या हो कि गालि गर्या भाषा पनि नबुझेपछि छुट्याउन कति गाह्रो । छोरो भएपछि एकपटक देश विदेश घुम्नै पर्छ भन्ने बूढा बूढीको उखान चरितार्थ गर्नकै लागि भएपनि छोरो हुनै पनि लागियो विदेश । अरूको हेरी (विना सीप, ज्ञान, वीना यस्तो ठाउमा आउदछन्) मेरोकाम धेरै सजिलेा लाग्छ तर औसत नेपाली दाजुभाइको काम बिचार गर्ने हेा भने साँच्चै दुःख लागेर अाउँछ ।

No comments:

Post a Comment