Hot Qatar's Cool Pictures....
Saturday, August 14, 2010
Saturday, June 12, 2010
Sunday, April 4, 2010
म्यानपावर व्यवसायीको एउटा थेगो छ- 'हामीले बोल्ने वस्तुको व्यापार गरिरहेका छौं । जसको व्यापार गरिन्छ, उसले कहिले मेडिकल फेल भयो भन्छ, कहिले भनेजति तलब पाइनँ भन्छ, कहिले कम्पनी बन्द भयो भन्छ । बरु सिमेन्टको व्यापार गर्ने हो भने उसले यस्तो भएन/उस्तो भएन भन्नै सक्दैन, ढुक्क ।' होला ।
तर, भर्खरै कतारका नेपाली श्रमिकको अवस्था देख्दा लाग्यो- त्यहाँ त बरु सिमेन्ट बोल्छ, मान्छे बोल्न सक्दैन । त्यहाँ सिमेन्टभन्दा मान्छेको व्यापार सजिलो छ । सिमेन्टको बोरामा कम्तीमा मूल्यको छाप लागेको हुन्छ, मान्छेको मूल्य कति हो कसैलाई थाहा हुँदैन । तपाईं दलाल हो भने निर्धक्क आफूखुसी मान्छेको मूल्य राख्नुस्, सकेको कमाउन कतारमा कसैले रोक्ने छैन ! सिमेन्ट बेच्न नियम पूरा गर्नुपर्छ, विदेशी भूमिमा नेपालीले नेपालीलाई बेच्दा नियम-सियम केही चाहिँदैन । सिमेन्टको बोरालाई कसैले फसाउन सक्दैन, मान्छे त गल्लीगल्लीमा फसाइएका छन् ।
नपत्याए हेर्नुस् उदाहरण- कतारमा अदक्ष कामदारको ज्याला प्रतिघन्टा १० रियाल हो । नियमित ८ घन्टा र २ घन्टा ओभरटाइम गरी नेपाली कामदार १० घन्टा खट्छन् । त्यसको पारिश्रमिक सय रियाल हुन्छ । महिनामा काम गर्ने २६ दिनको सयका दरले २६ सय रियाल पुग्छ । कम्पनीहरूले जुनसुकै देशबाट आएका कामदारका लागि पनि त्यति मात्रामा भुक्तानी दिएका हुन्छन् । तर नेपाली कामदारले बल्ल बढेर पुगेको ८ सय र २ सय ओभरटाइम गरी मुस्किलले हजार रियाल थाप्छन् ।
बाँकी १६ सय कहाँ जान्छ ? उत्तर प्रस्ट छ- त्यो सबै आपूर्तिकर्ता अर्थात् दलालले खान्छ । सिमेन्ट ५ सयमा बेच्न ४ सय लागानी गर्नुपर्छ । कतारमा मान्छे बेच्न त एक पैसा लागानी नगरी एकजनाबाट महिनामा १६ सय रियाल अर्थात् ३२ हजार तपाईंले बुझ्नुहुन्छ । मानौं वर्षमा ५ सय कामदार आपूर्ति गर्नुभयो भने तपाईंको कमाइ १९ करोड २० लाख हुन्छ । त्यो पनि मजदुरको तलब चुसेर मात्र ! प|mी भिसा प|mी टिकटबाट क्वाप्प खाएको जोड्दा अरू करोडौं थपिन्छ !
जुनसुकै व्यापारमा २०-२५ प्रतिशत नाफा हुन्छ । सम्भवतः प्रतिशतमै ननिस्कने गरी नाफा कमिने व्यापार एउटै छ- कतारमा मान्छे पुर्याउने । कतारका हरेक पसल वा व्यापारिक स्थलमा छिर्नुस्- नेपाली भेट्नुहुन्छ । जसरी हामी नेपाली भेट्छौं, फिलिपिन्सको पर्यटकले आफ्नो देशको नागरिक भेट्ला । भारतीयले त्यही भन्ला । बंगलादेशीले त्यस्तै देख्ला । किनकि, कतारको श्रम बजार विदेशीको भरमा टिकेको छ । त्यसैले त्यहाँको सरकारले श्रमिकका लागि पनि भरपर्दो नियम बनाइदिएको छ । कुनै कतारीले नेपालीलाई शोषण गर्दैन, कुनै भारतीयले तलब नदिएर नेपालीलाई सताउँदैन । नेपालीलाई चुस्ने नेपाली न हुन्छन् । हामी त यस्तो देशका नागरिक भयौं, जसका सन्तानले विदेशी भूमिमा पनि आफ्ना बन्धुबान्धवलाई सताउन छाड्दैनन् ।
जतिबेला कतारस्थित नेपाली दूतावासले स्वदेशी श्रमिकको तलब २ सय बढाउने निर्णय गर्यो, उता र यता हल्ला चलाइयो- 'अब श्रम बजार बिग्रनेछ । कतारका कम्पनीमा नेपाली श्रमिकको माग घट्नेछ । ठूलो भाग खान खोज्दा देशलाई उल्टो घाटा लाग्नेछ ।' लाग्थ्यो- होला कि !
तर वास्तविकता बुझ्दा यो त झूट रहेछ । यो व्यवसायमा यस्तै झूटको खेती हुँदो रहेछ । हुँदाहुँदा मन्त्रालय र विभागले पनि केही समय यसै भने र त्यो निर्णय कार्यान्वयन गर्न अल्मल्याए । कतारमा फिलिपिन्सले १५ सयभन्दा कममा आफ्ना नागरिकलाई पठाउँदैन । भारतले न्यूनतम सीमा हजार राखेको छ । मलेसियामा नेपालीभन्दा कममा कामदार पठाउने बंगलादेशका नागरिकले समेत कतारमा पहिल्यैदेखि ८ सय बुझ्छन् । नेपालीलाई ६ सयबाट ८ सय पुर्याउँदा कसरी बजार बिग्रन्छ ? रोजगारदाता कम्पनीले २६ सय दिएकै छन्, नाफा घट्ने डरले नेपाली दलालले वाहियात हल्ला गर्दैमा कसरी बजार बिग्रन्छ ?
कतारका कम्पनीमा नेपालीको राम्रो छवि छ । त्यसैले भारतीयपछि ठूलो संख्यामा हाम्रै श्रमिक छन् । कर्मदाता कम्पनीले जुन देशबाट ल्याए पनि २६ सय दिनुपर्छ । इमानदार नेपाली उनीहरूको रोजाइमा सधैं हुन्छन् । अनि बजार कसरी बिग्रन्छ ? के ८ सयमा नेपाली नलगेर १५ सयमा फिलिपिनो लान्छन् दलालले ?मेरा एकजना दाइ कतारकै एउटा कार्यालयमा सेक्युरिटी गार्ड हुनुहुन्छ । उहाँ ५ वर्षअघि ५ सय रियाल तलबमा जानुभएको हो । गत वर्ष त्यही कार्यालयमा काम गर्ने इजिप्सियन गार्डले दलालले आफ्नो धेरै पैसा खाएर थोरै तलब दिएको थाहा पाएछ । ऊ श्रम अदालत गयो । मुद्दा जित्यो र ४० हजार रियाल अर्थात् ८ लाख रुपैयाँ क्षतिपूर्ति पायो । मेरा दाइहरू पनि अनि उक्सिए । दलाल कम्पनीको सातो उडिसकेको थियो । उसले मुद्दा नहाल्न उहाँलाई फकायो र पहिला ठगेको क्षतिपूर्ति १० हजार रियाल दियो । तलब पनि २५ सय पुर्याइदियो । अलि बाठो हुँदा ५ सयबाट २५ सय तलब भयो !
हेर्नुस्- दलालले कति खाँदा रहेछन् ! तपाईं पनि ८ सय होइन, १८ सय माग्नुस् । त्यतिमा पनि दलाललाई फाइदै छ । परे श्रम अदालत जानुस्, सिमेन्टभन्दा सस्तो भएर कतारमा नबेचिनुस् !
साभारः कान्तिपुर दैनिक
akhanda@kantipur.com.np

Tuesday, February 2, 2010
Monday, February 1, 2010
फेरी पनि अाउनु नपरोस, त्यो नियति नदोहोरियोस
धेरै दिन भन्दा पनि महिनैा नै भएछ व्लग अपडेट नगर्या पनि । खै किन किन मन त्यसै उदासी भएकोछ । पहिले जस्तो नेट चलाएर बसे पनि लेखि रहन मन लाग्दैन । पहिले भन्दा पनि बढी पो अाफ्नो ठाँउको याद अाउन थालेको छ । अनि झन कहिले अाफ्नो छुट्टीको दिन अाउला भन्दै पर्खदै ठीक्क छ । तर यस्तरी पर्खदैमा दिन र समय त उस्तै नै त चलिरहन्छ । थाहा भएपनि केहि नगरी अाज सुतेर भोलि नै जाने दिन भइदिए हुन्थो झै मनमा तरङ्ग चलिरहन्छ ।
तर हरेक दिनको "तीन" कुराको समाचार पढ्दा भने मन सधै नै कुडिन्छ अनि फेरी त्यस्तो परि
वेसमा कसरी काम गर्ने, के काम गर्ने, कसरी अाफ्नो जीवन स्तरलार्इ उकास्ने ? यी प्रश्नले पिरोली रहन्छ । ती तीन कुरामा पहिलो मलार्इ व्यक्तिगत रूपमा सबै भन्दा बढी असर पार्ने "लोडसेडिङ" । हरेक दिन समाचार पढ्छु एउटा न एउटा समाचार त्यस बारे हुन्छ नै । कम्युटरको बारे थोर बहुत सीप हासील गरेर केही गर्न सकिएला सोचेर त्यस सम्बन्धी पेशा गर्ने सोच बनाए पनि त्यही "लोडसेडिङ"ले काममा बाधा गर्यो । बत्ती बले पनि कहाँ बल्दैछ मोम् बत्ती बालेर खोज्नु पर्छ । अाफुले लगानी गरेको पनि नउठ्ला भनेर विदेश अाइयो फेरी गएर पनि त्यही हाल कायम रहे के गर्ने हो ? यस्ता दोधारे सोच बनाएर यता न उता भएका धेरै नेपालीहरू कहिले त्यो समस्या हट्छ र गइहालैा भनेर दाउ हेरेर बसि रहेका पनि छन् । उदाहरण खोज्न त पर जानै परेन म स्वयम् नै पनि ज्वलन्त छु । तर यहि बसी रहेर पनि यो समस्या समाधान हुने कुरामा भने म अाशावादी अब छैन । त्यसैले पनि यहाँ बसेर अाफ्नो अझ बढी समय बर्बादी गर्न म चाहान्न ।
अर्को दोस्रो कुरा भनेको "बन्द - हडताल" । यहाँबाट कति साथीहरू छुट्टी विताउन गएको छोटो समय पनि अाधा भन्दा बढी "बन्द - हडताल" को बाधाले काम अलपत्रै छोडेर जागिर बचाउन फर्कने गरेकाछन् । भने कतिपय बन्दकै कारण व्यापार,व्यवसाय गर्छु ल नेपाल मा नै भेटैाला भनि गएकाहरू पनि पुनः परिवार छोराछारीको भविष्य बनाउनकै लागी पुन यहि नरकमा होमीएका छन् । बन्दको बारे त मेरो अाफ्नै काहानी छ । काठमाडैां अाइ पुगेकै दिन को हो। बिरामी अवस्थामा, खल्तिमा पैसा हुदा पनि अाधादिन घाम मा हिडेको ३० किलो भारि बोकेर अझै याद अाउछ । उप राष्ट्रपतिको हिन्दीमा सफत खाएको बिरूद्धको त्यो बन्द अाज सम्झदा बेकामेहरूको खेल झै लाग्छ । विरेन्द्र अन्तराष्ट्रिय सम्मेलनकेन्द्रको गेट अघि विश्राम
गरेर त्यो बन्दको अवलोकन मैले पनि राम्रै गरेको थिएँ । हातमा क्यामेरा हुदा अबलोकन गर्न पनि मजै भएको थियो । बन्दकर्ताहरू त झन एउटा मोटरबाइकको अावाज सुन्दा पनि चिलले भड्काएको खागोको अाक्रमण भन्दा खरो उत्रन्थे । त्यहँा वन्दका समर्थक भन्दा पनि रमाइलो गर्ने भीडमा उकास्ने बढी देखिन्थे । तर पनि एउटा पसलको अगाडी घाम छलेर बस्न पाउदा नै मैले त अाफ्नो १०० डिग्रीको ज्वरो कम भएको महसुस गरेको थिए । त्यति कारणले म ७ दिन सम्म शान्तिनगरमा मामाको छोराको डेरामा सुतेको थिएँ । त्यसो त हेटैाडा देखि लाहान हिडेर अाउने को अवस्था के भा होला सजिलै अनुमान लगाउन सकिन्छ । यस्ता काहानी प्रत्येक नेपालीका कम्तीमा २/४ वटा पक्कै होलान । अनि सम्झियो की मन कुडिन्छ । यस्तो अवस्थामा नेपाल गएर के गर्ने ?
अर्को नेपालको संगठन कम व्यक्ति बढी भएका, विचार कम अोकल्ने त्यसमा जे पायो त्यही घिच्ने मुख भएका नेता भन्दा फरक नपर्ने, राम्रो भन्दापनि फोहोरी राजनीति गर्ने खेलाडी नेता बढी भएका नेपालको "राजनीति" । अनि नेपाल गएर अाफुलार्इ एउटा साधारण काम गरेर खाने श्रमजीवी जनता भने पनि त्यसले हिड्ने यातायात,विजुली,खानेपानी,अस्पताल जस्ता अाधारभुत अावस्यकताहरूमा राजनीतिले चुसेर अाखाँमा छारो हालेको कसरी सहेर बस्नु । गाउँ छिमेकका साथीले खबर ल्याएको सुनेको घर अगाडी सम्म पिच सडक पुग्यो रे तर अलकत्रा उप्केर चिल्लो ग्राभल भा नि खाल्डा खुल्डी भएर साझ पर्दै देखि हिड्न नसकिने भएकाछन् रे सडक । क्लिनिक र नर्सिङ होम बाहेक अस्पताल कहँा छ दिउसै बत्ती बालेर खोज्नु पर्छ । विध्युत कुरै नगरैा कुरा गर्दा भाग्छ । नेपाल गएर के गर्ने फेरी पनि प्रश्न । चाडै यो समस्या सामाधान होस् । सबैलाइ सत्बुद्धि देउ भगवान यो कामना बाहेक अहिलेको अवस्थामा केही गर्न सक्दिन म ।
Subscribe to:
Posts (Atom)